ट्रेलरमा हेर्नुहोस् ‘लक्का जवान’

ट्रेलरमा हेर्नुहोस् ‘लक्का जवान’

२२ चैत, काठमाडौं । 
नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको मुख्य भूमिकामा अभिनय रहेको चलचित्र  ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । 

वैशाख २३ गते प्रदर्शन मिति तोकिएको चलचित्रको मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। 

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरि पौडेल, दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय रहेको छ ।

हास्य कलाकार शिवहरि पौडेलको निर्देशन निर्माण भएको चलचित्र कथा, पटकथा तथा संवाद निर्देशक समेत पौडेल स्वयंको छ । सामाजिक विषयवस्तु बोकेको चलचित्रमा भरपुर कमेडी दृश्यहरु देख्न सकिन्छ ।