फिल्म ‘लव सर्कल’को फष्टलुक सार्वजनिक

फिल्म ‘लव सर्कल’को फष्टलुक सार्वजनिक

काठमाडौं, १७ साउन । 
फिल्म ‘लव सर्कल’को फष्टलुक सार्वजनिक भएको छ । 

थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘लव सर्कल’ को फष्टलुकको पोस्टर सार्वजनिक भएको हो । 

हालै सार्वजनिक भएको फष्टलुकको पोस्टरमा अभिनेता नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन झा, रिस्ता बस्नेत र कमेडी च्याम्पियनबाट चर्चामा आएका दलेका उपनामले चिनिएका सुमन कोइराला रहेका छन् ।

डिजिटल प्लेट फर्ममा रिलिज हुने भनिएको यस फिल्मलाई ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । 

अंकितबाबु अधिकारीको संगीत, श्रीधर अभिमन्यु निरवीको लेखन रहेको यो फिल्ममा दिव्य सुवेदीको छायांकन र पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । 

वसन्त निरौलाले निर्देशन गरेको उक्त फिल्म कमेडी र सस्पेन्स बिषयबस्तुमा निर्माणपक्षको दावी छ ।