'परस्त्री' कार्तिक ६ गतेदेखि सिनेमा हलमा

'परस्त्री' कार्तिक ६ गतेदेखि सिनेमा हलमा

२९ फागुन, काठमाडौं । 
सुरज पाण्डेको डेब्यू निर्देशन रहेको चलचित्र 'परस्त्री' को शुभ मुहूर्त गरिएको छ । आइतबार ललितपुरको बगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्तसँगै छायाङ्कन सुरु भएको हो ।

चलचित्रको शुभ मुहूर्तसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो चलचित्रआगामी वर्षको तिहारमा (कार्तिक ६) गतेबाट नेपालभरका प्रदर्शनका आउनेछ । डिएस डिजिटलको ब्यानरमा निर्माण हुने चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् । 

निरज पाण्डेको छायाङ्कन रहेको चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिशा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने बताइएको छ ।