'रुदाने' को टिजर सार्वजनिक (भिडियोसहित)

'रुदाने' को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १४ असोज । 
करिव चार वर्षअघि निमार्ण सुरु भएको वायोपिक चलचित्र 'रुदाने- विद्रोहको नेपाली नाम' को टिजर सार्वजनिक भएको छ । 

रुदाने चलचित्र थाहा आन्दोलनका प्रवर्तक रुपचन्द्र विष्टको जीवनीमा आधारित रहेको छ । करिव चार वर्षअघि निमार्ण सुरु भएपनि विभिन्न कारणले फिल्म निर्माण पूरा हुँदैन कि भन्ने हल्ला समेत चलेको थियो । 

फिल्मको पोस्टर सार्वजनिक हुँदा धेरैले सराहना गरेका यस चलचित्रका  भएकोले मात्र नभई पोस्टरमा देखिएको अभिनेता दिव्यदेवको लुक्सले समेत धेरैलाई प्रभावित पारेको थियो। 

चार वर्षपछि आज बुधबार सार्वजनिक भएको टिजरले पनि धेरैलाई आकर्षित गरेको छ। टिजरमा पात्रहरु पकतै भाषण गरिरहेको, भित्तामा थाहा लेखिरहेको, हतकडी लगाएको त कतै मानिसहरुलाई प्रशिक्षण दिइरहेको पात्रका रुपमा फरक(फरक हुलियामा देखिएका छन्।

अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा दिव्यदेवका साथमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायत कलाकार मुख्य भूमिकामा देखिने छन्। 

जागृत रायमाझीको निर्माण र भानुभक्त थापाको सहनिर्माणमा बन्ने फिल्मले मकवानपुरमा जन्मेका क्रान्तिकारी व्यक्तित्व रुपचन्द्र दामन नेपाल अर्थात् रुदानेको जीवनी चित्रण गर्नेछ। जनमुखी राजनीतिको पक्षधर उनले आफ्नै मौलिक शैलीको 'थाहा' अभियान चलाएका थिए।

https://www.youtube.com/watch?v=VXiaerHKyYE