'सम्झना बिर्सना'को प्रदर्शन मिति स्थगित, नयाँ मिति घोषणा गर्ने निर्माण पक्षको तयारी

'सम्झना बिर्सना'को प्रदर्शन मिति स्थगित, नयाँ मिति घोषणा गर्ने निर्माण पक्षको तयारी

३१ वैशाख, काठमाडौं । 
चलचित्र 'सम्झना बिर्सना'को प्रदर्शन मिति तत्कालको लागी स्थगित गरिएको छ । 

निर्माण टिमले चुनावका कारण चलचित्र हेर्ने स्थिति नरहेको भन्दै चलचित्र निर्धारित मितिमा रिलिज नहुने जानकारी गराएको हो । 

यसअघि उक्त चलचित्र जेठ ६ गते प्रदर्शन हुने गरी ट्रेलर सार्वजनिक गरेको थियो । 

चलचित्रमा आकाश श्रेष्ठ र पूजा शर्मालाई मुख्य भूमिका देख्न सकिन्छ । 

निर्माण टीमले अर्को उपयुक्त मिति मिलाएर चलचित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।