पूजा र आकाश अभिनित 'सम्झना-बिर्सना' को ट्रेलर सार्वजनिक

पूजा र आकाश अभिनित 'सम्झना-बिर्सना' को ट्रेलर सार्वजनिक

६ वैशाख, काठमाडौं । 
जेठ ६ गतेबाट प्रदर्शनमा आउने  पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र 'सम्झना-बिर्सना' को ट्रेलर सार्वजनिक गरिएको छ । 

निमेष प्रधानको निर्देशनमा बनेको उक्त चलचित्रलाई अद्वितीय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । 

चलचित्रमा पूजा र आकाशसँगै सुनिल थापा,  छुल्ठिम गुरुङ,  शिशिर राणालगायतको अभिनय देख्न सकिन्छ ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको 'सम्झना-बिर्सना' मा शिव ढकालको छायांकन र तारा थापा 'किम्भे' को सम्पादन रहेको छ । 

चलचित्रमा संवाद लेखन शिशिर राणाको रहेको छ ।