‘धन्दागिरी’ को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक, फिल्म असोज २६ गतेदेखि प्रदर्शनमा आउने

‘धन्दागिरी’ को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक, फिल्म असोज २६ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं, १० असोज । 
कोरोना महामारी र लकडाउनका कारण प्रदर्शन रोकिएको चलचित्र ‘धन्दागिरी’ को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक भएको छ ।

सञ्जय हमालले एरेञ्ज गरेको उक्त गीतमा नारायण नेपालको शब्द र सूर्यकमल राईको संगीत रहेको छ । गीतमा मिना निरौलाले स्वर दिएकी छन् ।

नरेन्द्र भट्टराई (एनबी अन्जान) को निर्देशनमा बनेको उक्त फिल्ममा अभिनेता सबिन श्रेष्ठ अभिनित छन् । फिल्ममा सबिनसँगै छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत,सुभाष गजुरेल, सुनील कटुवाल, सबिता रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।

दिनेश खड्का एसोसियट निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा कुमारप्रसाद ओझा छन् । कविभक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ फिल्मका निर्माता हुन् । आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् ।

फिल्मको डिजिटल राइटस डिएआर मुभिज एण्ड फिल्म्सले लिएको छ । गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ ।

फिल्म दशैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने भएको छ ।