चलचित्र ‘आकासे खेती’ को शीर्ष गीत ‘चिटिक्क परेर आइछेउ’ सार्वजनिक

चलचित्र ‘आकासे खेती’ को शीर्ष  गीत ‘चिटिक्क परेर आइछेउ’ सार्वजनिक

२४ पुस, काठमाडौं । 
चलचित्र ‘आकासे खेती’ को शिर्ष गीत  ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक भएको छ । 

सार्वजनिक भएको गीतमा हरि उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको छ । गीतमा विकाश चौधरीको संगीत भरेका छन्।

चलचित्रको गीतमा मुख्य कलाकार गौरव पहारी, विल्सन विक्रम राई(तक्मे बुढा), बुद्धि तामाङ(हैट), निता ढुङ्गाना, मरिस्का पोखरेल, रविन्द्र झा, रजनी गुरुङ, रमा लिम्बु लगायतका कलाकारको नृत्य देख्न सकिन्छ । 

उदय सुब्बाको निर्देशन रहेको फिल्म युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्बतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । चलचित्र फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा गौरव पहारी, विल्सन विक्रम राई(तक्मे बुढा), बुद्धि तामाङ(हैट), निता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर बाङ्देल लगायतको मुख्य भूमिका छ ।