‘चुरिफुरी’ को शीर्ष गीत ‘ओइ ओइ पियारी’ सार्वजनिक

‘चुरिफुरी’ को शीर्ष गीत ‘ओइ ओइ पियारी’ सार्वजनिक

काठमाडौं, ९ कार्तिक । 
आगामी पौष ९ गतेबाट रिलिज हुने फिल्म ‘चुरिफुरी’ को शीर्ष  गीत सार्वजनिक गरिएको छ । 

सोमवार काठमाडौंमा एक कार्यक्रमका बिच फिल्मको ‘ओइ ओइ पियारी’ बोलको गीत बाहिर ल्याइएको हो । 

ऋषिराज आचार्य र दीपक शर्माको शब्द तथा दीपक शर्माकै संगीत रहेको उक्त गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर रहेको छ । 

गीतमा अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी, सुबोध गौतम, दीपक आचार्य, सुरवीर पण्डित, सोना बज्राचार्य लगायतको अभिनय छ ।

फिल्ममा ऋषिराज आचार्यको कथा, पटकथा तथा निर्देशन रहको छ । निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको फिल्ममा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् ।

 फिल्ममा नविन निरौलाको सम्पादन, भीमफेदी ग्रुपको कोरियोग्राफी र राहुल राइको छायांकन छ ।