'द सिक्रेट्स अफ राधा'को नयाँ पोस्टर

'द सिक्रेट्स अफ राधा'को नयाँ पोस्टर

९ असार, काठमाडौ. । 
सृष्टि श्रेष्ठ अभिनित फिल्म 'द सिक्रेट्स अफ राधा'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । 

फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गरेको देख्न सकिन्छ । 

सुवर्ण थापाले निर्देशन गरेको फिल्ममा सृष्टि र सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखकलगायतको अभिनय छ ।

भदौ १० गते रिलिज हुने फिल्मका निर्माता अभिनेता सौगात मल्ल हुन् ।