युट्युबमा सार्वजनिक भयो ‘उल्झन’

युट्युबमा सार्वजनिक भयो ‘उल्झन’

काठमाडौं, ३१ साउन । 
आशुतोष फिल्मस् को ब्यानरमा निर्माण भएको चलचित्र ‘उल्झन’ युट्युबमा सार्वजनिक सार्वजनिक भएको छ । 

कोभिड महामारीका कारण हल बन्द हुँदा चलचित्रलाई सिधै युट्युबमा रिलिज गरिएको हो ।

राजु अधिकारीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा  विदेशमा नेपाली यूवाले पाउने पीडा र दुःखको कथा समेटिएको छ । 

चलचित्रमा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, ऐनी विष्ट, बेनी ढुङगाना, दीपक ढकाललगायतका कलाकारको अभिनय रहेको छ ।

तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको उक्त चलचित्र नवीन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।