लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ परेका लाउरेलाई के कारवाही होला?

लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ परेका लाउरेलाई के कारवाही होला?

१५ पुस, काठमाडौं ।  

र्‍यापर तथा हिमालय रोडिजका कोच आशिष राना ‘लाउरे’ लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

कास्की प्रहरीले लाउरेलाई लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरि नियन्त्रणमा लिएको हो । प्रहरीले लाउरेसँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।

के होला कारवाही
अनुसन्धनका क्रममा लाउरे लागूपदार्थ सेवन मात्र गरेको भेटिएका उनी कसैको जिम्मामा छुट्न सक्नेछन् तर उनी लागूपदार्थको कारोबारी भएको पुष्टि भएका लाउरेको जेलको बास हुने पक्का छ । अदालतको फैसला बमोजिम उनले निर्धारित समय जेलमा बिताउनुपर्ने हुन्छ ।