विवादमा तानिएपछि कमेडी हबबाट हटाइयो महादेवको ‘विवादित’ दृश्य, निर्देशक घिमिरेले मागे माफी

विवादमा तानिएपछि कमेडी हबबाट हटाइयो महादेवको ‘विवादित’ दृश्य, निर्देशक घिमिरेले मागे माफी

१६ साउन, काठमाडौं । 
विवादमा तानिएपछि कमेडी हब टिमले महादेवको  ‘विवादित’ दृश्य हटाएको छ । 

निर्देशक तथा कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा)को निर्देशनमा रहेको टेलिभिजन कार्यक्रम 'कमेडी हब'को प्रोमोमा सम्मिलित विवादित दृश्य हटाइएको हो। कार्यक्रमको आगामी एपिसोडको प्रोमोको एक दृश्य हिन्दु धर्मवालम्वीको आस्थामाथी आँच आउने भन्दै सर्वत्र विरोध सुरु भएपछि टिमले उक्त दृश्य हटाएको हो । शो का निर्देशक समेत रहेको केदार घिमिरेले उक्त दृश्य सबै सामाजिक सञ्चालबाट हटाइएको जानकारी दिए । 

"कमेडी हब कार्यक्रमको एक प्रस्तुतीमा आराध्यदेब माहादेबलाई लिएर बनाइएको बिषय बस्तु प्रति  दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रिया प्रती हाम्रो ध्यानाकर्षण भएको छ । अन्जान मै  हामी बाट भएको त्रुटि  प्रती  सम्पूर्ण दर्शकज्युहरु  समक्ष  हामी क्षमा माग्दछौ । साथै  हामिले सम्पूर्ण दर्शक ,शुभचिन्तकहरुको सल्लाह र परामर्श बमोजिम यो बिषयबस्तुलाई युट्युब र टिकटक र फेसबुक सबैतिर बाट हटाइ सकेका छौ," निर्देशक घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रोमोमा देखाइएको उक्त दृश्यमा महादेवको अवतारमा एक कलाकारले अभिनय गरेका थिए। कलाकार सिता न्यौपानेसँग नजिक भएको दृश्यमा हास्यव्यंग्यात्मक शैलीमा कुराकानी भएको देदाइएको छ। उक्त दृश्य प्रसारण भएसँगै हिन्दू धर्मको आस्था र धर्मको मजाक उडाएको सवत्र आलोचना भएको थियो।