प्रसारणमा आयो ‘हिमालयन रोडिज’

प्रसारणमा आयो ‘हिमालयन रोडिज’

२८ मंसिर, काठमाडौं ।
साहसिक टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को चौथो सिजन सोमबारदेखि प्रसारणमा आएको छ। 

कार्यक्रम हरेक सोमबार बेलुकी ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुने छ ।  शो को पहिलो भागमा  ‘पीआई’ राउण्ड प्रसारण भएको छ । पीआई राउण्डमा एक दर्जन प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिएका छन् । जसमा फिटनेस ट्रेनरदेखि राष्ट्रिय जिम्न्यास्टिक खेलाडीसम्म छन् । 

प्रसारण भएको पहिलो एपिसोडमा महिलाहरुको उपस्थिति पनि उत्साहजनक देखिएको छ ।

यस पटक डिजिटल अडिसनबाट प्रतिस्पर्धी छानेको शोका निर्देशक भने परिवर्तन भएका छन् ।  सिमोश सुनुवारले निर्देशन गर्ने  शोको अन्य फर्म्याट भने पुरानै रहेको छ । 

शोका होस्ट रेमनदास श्रेष्ठ रहेका छन् भने ग्याङ लिडरहरू आशिष राना लाहुरे, अनुपविक्रम शाही, दिया मास्के र समन श्रेष्ठ छन् ।