विवादपछि नेपहपको श्रीपेच मुकुट बौद्ध धर्मगुरुलाई फिर्ता दिइयो
२२ असार, काठमाडौं ।
र्याप गायनको रियालिटी शो ‘नेपहपको श्रीपेच’ मा विजेतालाई दिइएको मुकुटलाई लिएर जनमानसमा विवाद बढेपछि बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरिएको छ ।
सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको निर्णायक बालेन साह र विजेता भाइबर साइमनले गल्ती भएको भन्दै बौद्ध गुरुलाई मुकुट फिर्ता दिएका हु्न्।
शनिबार सम्पन्न फिनालेमा शोका निर्णयक तथा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।
पन्चबुद्धको आकृतिसहितको मुकुट रियालिटी शो मा दिने उपहार नभएको तथा धर्मको अनादार भएको भन्दै विरोध सुरु भएको थियोे । बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ ।
Facebook Comments