रचनाको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ सार्वजनिक

रचनाको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ सार्वजनिक

१६ मंसिर, काठमाडौं । 
नेपाल आइडलपछि चर्चामा आएकी गायिका रचना रिमालले  ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत सार्वजनिक गरेकी छन् । 

गीतमा रचनालाई रवि ओड, प्रविन बेडवाल र बाबुल गिरीले स्वरमा साथ दिएका छन्। 

संगीत सागरको निर्देशनमा बनेको भिडियोमा गायक–गायिका स्वयंलाई फिचरिङ गरिएको छ ।

धनेन्द्र रसाइलीको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज छ । 

गीत रचनाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।