रामकृष्ण ढकालको ‘डाँडापारी’ मा राजेश हमालको अभिनय

रामकृष्ण ढकालको ‘डाँडापारी’ मा राजेश हमालको अभिनय

२४ मंसिर,काठमाडौं । 
रामकृष्ण ढकालको स्वरमा सजिएको  ‘डाँडापारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत रहेको छ। भिडियोमा राजेश हमालसँगै गीता ढुंगानाको अभिनय छ।

गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि तथा गीतका मुख्य कलाकार महानायक हमालले ‘डाँडापारी’ गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताउँदै गीतकार तथा संगीतकार यमुलाई सम्झिए।

कार्यक्रममा गायक रामकृष्ण ढकाल र गायिका कविता श्रेष्ठले राम्रो गीत गाउने अवसर दिएको भन्दै गीतको निर्माता, गीतकार तथा संगीतकार यमुलाई धन्यवाद दिए। 

भिडियोको निर्देशन आयुष क्षेत्रीले गरेका हुन्। भिडियोमा अबिनाश डिसी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।