हेमन्तले र एलिनाले ल्याए 'भन मेरो मालिक' (भिडियोसहित)

हेमन्तले र एलिनाले ल्याए  'भन मेरो मालिक'  (भिडियोसहित)

२८ माघ, काठमाडौं । 
सदाबहार चर्चित गायक हेमन्त शर्माको नयाँ गीत 'भन मेरो मालिक' भिडियोसहित सार्वजनिक भएको छ । 

गायक शर्माकै शब्द र संगीत रहेको गीतमा गायक शर्मालाई युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानले साथ दिनुभएको छ । 

गीतको भिडियोमा नरेश बीर सिंह र सविना उप्रेतीको अभिनय रहेको छ।

भिडियोको कोरियोग्राफी र निर्देशन दीपक सिंहले गरेका हुन् भने भिडियोमा मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

उक्त गीत गायक शर्माकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।