रचनाको स्वरमा ‘भतभती पोल्छ’ सार्वजनिक

रचनाको स्वरमा ‘भतभती पोल्छ’ सार्वजनिक

५ माघ, काठमाडौं । 
सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ । 

गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । 

गीतकार नारायण रसाइलीको शब्द रहेको गीतमा दीप घतानीले सङ्गीतवद्ध गरेका छन् भने गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका हुन्।

गीतको भिडियोमा पल शाह र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ। 

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्। 

तारा लोहनी रसाइली निर्मात्री रहेकी भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत् सार्वजनिक गरिएको हो ।

कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यमबाट सामाजिक दायित्व पनि पूरा गरिरहेका हुन्छन् भन्ने सन्देशका साथ म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले जानकारी दिए ।