हिमाल सागरले ल्याए ‘भुलिदेउ’

हिमाल सागरले ल्याए ‘भुलिदेउ’

काठमाडौं, ११ भदौं ।
गायक हिमाल सागरको स्वरमा रहेको  ‘भुलिदेउ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

गीतमा रोहन पौडेलको शब्द रहेको छ भने संगीत गायक हिमाल सागरले नै दिएका छन् ।  

अमेरिका छायाँकन भएको भिडियोमा पूर्ण लम्साल, गायक सागर र लक्ष्मी ओलीको अभिनय रहेको छ। बिक्की पुलामीको निर्देशन रहेको गीतको भिडियोमा क्यान्सर पीडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा देखाइएको छ ।

शैलेश घलेको छायाँकन, बिष्णु खड्काको सम्पादन रहेका गीतमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ ।

https://www.youtube.com/watch?v=0z8kf8NKC4s