प्रमोद र प्रीतिको आवाजमा 'बोलायो रे मायाले' सार्बजनिक

प्रमोद र प्रीतिको आवाजमा 'बोलायो रे मायाले' सार्बजनिक

१ वैशाख, काठमाडौं । 
गायक प्रमोद खरेल तथा गायिका प्रीति आलेको स्वरमा सजिएको बोलायो रे मायाले’ गीतको भिडियो  सार्बजनिक भएको छ । 

पोखराका विभिन्न स्थानमा छाँयाकंन गरिएको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटा, प्रकाश सपुत तथा पुनम गुरुङको अभिनय रहेको छ । 

गीतमा शब्द सगीत टेकेन्द्र रोकायाको रहेको छ भने संगीत सयोजन सुमन केसीले गरेका हुन् । 

अजय रेग्मीको छाँयाकन रहेको गीतलाई सम्पादन प्रविन भट्टले गरेको हुन भने दीपक मानको कोरियोग्राफी रहेको छ ।