सर्जकसँग डराएको माओवादी !

सर्जकसँग डराएको माओवादी !

अनिल सापकोटा,
२९ फागुन, काठमाडौं । 

ह्य ! यस्तो गितहरु गाउदिन र बनाउदिन भन्छु तर फेरी कसो कसो 
सिर्जनाहरु उतै मोडिन्छन । थाहा छैन म निराशावादी होकि हामी बाचेको समय र परिवेश निरासाजनक हो । 

माओवादी जनयुद्धका कथावस्तु समेटेर निर्माण गरिएको पीर बोलको गीत सार्वजनिक गर्नुभन्दा एकदिन अगाडी प्रकाश सपुतले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । एक सर्जकका लागि गणतन्त्र आएपछि जनयुद्दको नेतृत्व गर्नेको गतिविधीले उसले गर्ने सिर्जना जनयुद्दको निराशावादीमा परिणत भएको छ ।

सपुतको यो सिर्जना माओवादीका नेता कार्यकर्तालाई जनयुद्दको गोली प्रकाश सपूतले प्रहार गरेझैँ भएको छ । देशका लागि परिवर्तन आवश्यक छ भनेर बन्दुक उठाउनेहरुको मनमा तरंग ल्याइदिएको छ । तितो सत्य नै भन्नुपर्छ जनयुद्दले ल्याएको गणतन्त्र पछि नेतृत्व तहमा पुग्नेको गतिविधी, समाजको यर्थाथ सपूतको गीतले प्रस्तुत गरेको छ।

ठूलो राजनीतिक पार्टीबाट सानो हुलमा समेटिदै गएको माओवादी केन्द्र भने यतिबेला एक सर्जकले गरेका सिर्जनासँग तरङ्गित भएको छ । 

शुक्रबार राती गीत सार्वजनिक भएपछि आक्रामक शैलीमा एकपछि अर्को गर्दै माओवादीमा आस्था राख्नेहरु प्रकाश सपुतलाई गाली गर्न सुरु गरे । कार्यकर्ताबाट सुरु भएको गाली नेतागण सम्म पुग्दा गालीको शैली बदलिएर धम्की बन्यो । 

सामाजिक सञ्जाल समेत उनको यो सिर्जना यतिचाडै सबैको चासोको विषय बन्नुको पहिलो कारण हो, जनयुद्दबारे आम मानिसलाई भएको महसुस गीतमार्फत उतारिनु हो । समाज यतिबेला दुइ खेमामा विभाजित भएको छ, पहिलो माओवादीमा आस्थावान जो प्रकाश सपुतको सिर्जनालाई सराप्न तल्लिन छन् । दोस्रो खेमा प्रकाश सपुतको गीतले समाजको वास्तविक झल्काएको भन्दै सपुतलाई धन्यवाद दिएका छन् । 

प्रकाश सुपुतले शुक्रबार साझ अपलोड गरेको उक्त गीत विवादकै बीच नेपालको युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । यो सामाग्री तयार पर्दासम्म उनको गीत २९ लाख बढी मानिसले हेरेका छने भने २३ हजार बढी मानिसले प्रतिक्रिया जनाएका छन् । उनको उक्त गीतमा केहि व्याक्तिले भने सामाजिक अपराध गर्दै उनको जातलाई जोडेर तथानाम गाली गरिरहेका छन् ।  

सर्जकलाई माओवादी नेताको धम्की
सपुतको बनाएको भिडियोलाई लिएर अधिकाशं माओवादी नेताहरुले विरोध जनाएका छन्। विरोध जनाउनेमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह अग्रणी भुमिकामा छिन् । 

उनले प्रकाश सपुतलाई उक्त गीत युट्युबबाट हटाउन धम्की दिदै जनयुद्ध लडेका महिलाहरुको अपमान गरेको भन्दै सार्वजनिक माफीसमेत माग गरेकी छन्।  

"जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईँलाई बुझाइरहन नपर्ने हो। जनयुद्ध सहभागी महिलाले तपाईँको पनि स्वतन्त्रता र तपाईँले भोगेको जातीय विभेदविरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयो," उनले सामाजिक सञ्जालमा लेखेकी छन्, "तिनै दिदिबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको तपाईँको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईँको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।"