प्रमोदको स्वरमा रहेको 'चाहिँदैन तिम्रो माया' सार्वजनिक

प्रमोदको स्वरमा रहेको  'चाहिँदैन तिम्रो माया'  सार्वजनिक

२९ पुस, काठमाडौं । 
'चाहिँदैन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कार्की जे आईको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो नमस्ते प्लसु को युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । 

गीतमा प्रमोद खरेलको आवाज रहेको छ ।

श्री कृष्ण निरौलाको निर्माण गरेको भिडियोमा केकी अधिकारी, समीप निरौला र शिशिर सिवाकोटीको अभिनय देख्न सकिन्छ ।  

नवराज उप्रेतीले छायाँकंन रहेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । 

भिडियो गम्भिर विष्टले निर्देशन गरेका हुन् ।