मेलिनाको ‘चम्पाकली’ मा नाजीर र गीता

मेलिनाको ‘चम्पाकली’ मा नाजीर र गीता

१५ माघ, काठमाडौं । 
गायिका मेलिना राई र गायक रमेश कँडेलको स्वरमा रहेको नयाँ गीत ‘चम्पाकली’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। 

गीतमा सितल कादम्बिनीको शब्द रचना र सिडी विजय अधिकारीको संगीत रहेको छ। गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन्।

रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा नाजीर हुसेन र गीता ढुंगाना फिचर्ड छन्।  

भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षेत्रिले गरेका हुन्।

हेर्नुहोस् भिडियो