'चरी जेलैमा' ले बनायो छोटो समयमा करोड भ्युज नाघ्ने गीतको रेकर्ड

'चरी जेलैमा' ले बनायो छोटो समयमा करोड भ्युज नाघ्ने गीतको रेकर्ड

काठमाडौं, १६ भदौं ।
एकपछि अर्को रेकर्ड राख्न सफल गायिका विष्णु माझीको चरी जेलैमा अर्काे नयाँ रेकर्ड राख्न सफल भएको छ । 

सामाजिक सञ्जाल देखी टिकटकमा समेत निकै चर्चित बनेको यो गीतले युट्युबमा करोडबढी भ्युज बनाइसकेको छ । दुई हप्ताअघि युट्युबमा सार्वजनिक भएको माझीको चरी जेलैमाु बोलको यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने रेकर्ड बनाएको हो।

दोस्रो हप्तामा ७५ लाख भ्युज पाएर रेकर्ड राखेको उक्त गीत सार्वजनिक भएको १३ औं दिनमा गीतले करोड भ्युज काटेको हो। 

विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको उक्त गीतमा बिहे गरेर गएकी छोरीले माइती सम्झेर वेदना पोखिएको छ। 

तिजलाई लक्षित गरि सार्वजनिक गरिएको उक्त गीत धेरै महिलाको वास्तविक जीवनमा मेल खाएको भन्दै सामाजिक सञ्जालमा गीतले बहस पनि छेडेको छ।

गीत 'सपना म्युजिक इन्ड्रस्ट्रिज' नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।