रचना र नविनको ‘चट्ट माया’ सार्वजनिक

रचना र नविनको ‘चट्ट माया’ सार्वजनिक

काठमाडौं, २९ भदौं । 
गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । 

उक्त गीतमा मिलन विष्टको शब्द रहेको छ भने गायक रावलकै संगीत छ ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझी फिचर्ड छन् ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

शिव दर्शन फिल्मसको प्रस्तुतिमा बनेको भिडियो गायत्री थापाले निर्माण गरेकी हुन् ।

https://www.youtube.com/watch?v=0qTNrAlHbWE