राजु लामाले ल्याए नयाँ गीत ‘चिसो चिसो’ (भिडियोसहित)

राजु लामाले ल्याए नयाँ गीत ‘चिसो चिसो’ (भिडियोसहित)

२२ पुस, काठमाडौं । 
गायक राजु लामाको स्वरमा सजिएको नयाँ गीत ‘चिसो चिसो’ सार्वजनिक भएको छ । 

बिर्खा गुरुङको शब्द रहेको यस गीतमा निरोज लामाले संगीत भरेका छन्।

गीतको भिडियो हिमाली भेगमा छायाँकंन गरिएको छ । भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रिया रानी लामा, अशिमा बस्नेत, डीबी गुरुङलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 

रुपेश थापाको छायांकन र भिडियो निर्देशन रहेको गीतमा सियोन श्रेष्ठको कोरीयोग्राफी रहेको छ ।