‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

१४ माघ, काठमाडौं । 
पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । 

गीतमा पाल्मुलाई गायक प्रदीप लामाले स्वरमा साथ दिएका छन् । 

शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन् ।  

सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको  बगम र छगम गाउँमा भिडियोको छायाङ्कन भएको हो । भिडियो प्रकाश वाइबा तामाङले खिचेका हुन् । 

राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाको अभिनय छ । रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।