‘देम सारो’ मा राजेशपायल, दयाहाङ र विल्सन एकसाथ पर्दामा

‘देम सारो’ मा राजेशपायल, दयाहाङ र विल्सन एकसाथ पर्दामा

काठमाडौं, १० असोज । 
गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘देम सारो’ बोलको गीतमा राजेशपायल राई, दयाहाङ राई र विल्सनविक्रम राई एकसाथ पर्दामा देखिएका छन् । 

राजेशपायल राईको युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीत गायक राईको संगीत, राजन मुकारुङको शब्द र फडिन्द्र राईको एरेञ्ज रहेको छ ।

गीतको भिडियोमा राजेशपायलसँगै दयाहाङ राई, विल्सनविक्रम राई, विशाल लिम्बु, सुजन राई र रजनी गुरुङ फिचर्ड छन् ।

गीतको भिडियोमा राजेशपायल, दयाहाङ र विल्सनको रजनीप्रतिको एकोहोरो र अपुरो प्रेमलाई देखाइएको छ । भिडियोमा बुद्धि तामाङ ‘हैट’ विशेष भूमिकामा छन् ।

किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर, विक्रम डिसीको छायांकन र कमल राईको कोरियोग्राफी छ । 

https://www.youtube.com/watch?v=MWhYYB4FAK0