हरिवंशको ‘ए कालु भेना’ मा नाजिर र आँचल

हरिवंशको ‘ए कालु भेना’ मा नाजिर र आँचल

काठमाडौं, ११ भदौं ।
हरिवंश आचार्य र गायिका मिलन नेवारको स्वरमा रहेको नयाँ गीत ‘ए कालु भेना’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल फिचर्ड छन् । गाउँले परिवेश र त्यहाँको माहोललाई समेटेर निर्माण गरिएको भिडियोमा दर्शकले नाजिर र आँचलको अभिनयको प्रशंसा गरेका छन्।
 
गम्भीर विष्टले निर्देशन गरेको गीतमा हरिवंशकै शब्द र संगीत, किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।

भूपेन्द्र अधिकारीको सम्पादन रहेको यो गीत गज्जब टिभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

http://www.youtube.com/watch?v=2W-u_FftQWg