राजेश पायलको स्वरमा समाजको यथार्थता बोकेको गीत ‘फर्कन छोरा’ (भिडियो सहित)

राजेश पायलको स्वरमा समाजको यथार्थता बोकेको गीत ‘फर्कन छोरा’ (भिडियो सहित)

काठमाडौं, १९ साउन । 
गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘फर्कन छोरा’ सार्वजनिक भएको छ । 

रचन्दु गोर्खालीको संगीत संयोजन  रहेको गीत केशव शर्मा दाहालले लेखेका हुन्।

निकै मार्मिक कथावस्तु बोकेको गीतमा विदेशीएका छोरोछोरी उतै वस्दा बुढेसकालमा एक्लीएका आमा बुवाको बेदना झल्किएको छ । 

दिपल बरालले निर्माण गरेको भिडियोमा कलाकारहरु कमलमणि नेपाल र सरिता गिरिको अभिनय देख्न सकिन्छ ।

प्रवीण खतिवडाको निर्देशन रहेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । 

केशव शर्मा दाहालको युट्युवबाट सार्वजनिक गरिएको गीतले नेपाली समाजको यथार्थता बोकेको भन्दै धेरै दर्शकले प्रशंसा गरेका छन् ।