सुशील गर्तौलाको स्वरमा हाँसी राख माया तिमी गीत सार्वजनिक

सुशील गर्तौलाको स्वरमा हाँसी राख माया तिमी गीत सार्वजनिक

१७ पुस, काठमाडौँ ।

युवा गायक सुशील गर्तौलाको स्वरमा सजिएको हाँसी राख माया तिमी बोलको गीत सार्वजनिक भएको छ। अंग्रेजी नयाँ वर्ष तथा ढाका टाेपी दिवसको अवसर पारी उक्त गीत सार्वजनिक गरिएको हो।                                  
                                                                          
क्यासपर प्रोडक्सन (@kasperproduction1)युट्युव च्यानलमार्फत सार्वजनिक  भएको गीतले दुई प्रेमीबीचको घनिष्ठता र माया झल्काएको छ।

कृष्ण ज्ञवालीको शब्द रहेको गीतलाई गायक गार्तौलाले कम्पोज गरि स्वर भरेका हुन्। फिरोज बज्राचार्यको रेकर्डिङ रहेको यस गीतलाई  मनाषी र किरणले ऐरेन्ज गरेका हुन्। गीतलाई शान्ति शर्मा र अनिल सापकोटाले निर्माण गरेका हुन्।      

‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनबाट चर्चा बटुल्न सफल सुशील गर्तौलाले यसअघि पनि आफ्ना  गीत बजारमा ल्याइसकेका छन् ।

हेर्नुहाेस भिडियाे