बिक्रम र सुचिता स्वरमा 'झम्के साँझैमा' सार्वजनिक

बिक्रम र सुचिता स्वरमा 'झम्के साँझैमा' सार्वजनिक

५ माघ, काठमाडौं ।
गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ ।

'झम्के साँझैमा' बोलको लोक तथा दोहोरि गीतमा अमृत खातीको शब्द रचना तथा संगीत रहेको छ । गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । 

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायाँकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारी फिचर्ड छन् ।

भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।