हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’ सार्वजनिक (भिडियोसहित)

हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’ सार्वजनिक (भिडियोसहित)

२९ पुस, काठमाडौं । 
वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक  भएको छ ।

बिहिबार काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी यो गीत सार्वजनिक गरिएको हो। सामाजिक कथा समेटिएको उक्त गीतमा हरिवंश आचार्य र समीक्षा अधिकारीको स्वर रहेको छ।

रमाइलो शैलीमा प्रस्तुत गरिएको भिडियोमा चेलिबेटी बेचबिखनको कथा भन्दै उनीहरुलाई सजग गराउने काम गरेको छ । नेपाली  चेलिबेटीलाई दलालले कसरी झुक्याउँछन् र फकाएर विदेश पुर्याउने भनेर कथाको रुपमा देखाइएको छ। 

गीतको भिडियोमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डे लगायतका कलाकारको अभिनय छ।

किरण तुलाधरको एरेन्ज गरेको उक्त गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन्।