दर्शकले माया पाएपछि ‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी

दर्शकले माया पाएपछि ‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी

काठमाडौं, २९ साउन ।
सार्वजनिक भएको एक साता भित्रमा ५० लाख बढी भ्यूज पाएर सांगीतिक बजारमा तहल्का मच्चाएपछि  ‘कुरा वुझ्न पर्च’ गीतको टिमले केक काटेर सफलताको खुसी सोटेको छ । 

दर्शकको माया पाएपछि नेपाली युट्टुवको ट्रेन्डिङ एक मा केहि दिन राज गर्न सफल उक्त गीतको टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको हो।

प्रकाश सपुतको शब्द तथा संगीत रहेको उक्त  गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ। 

प्रकाश सपुतकोको निर्देशन रहेको गीतको भिडियोमा आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् ।