शान्तीश्रीको गीतमा पुष्प र जिसुको जोडी(भिडियोसहित)

शान्तीश्रीको गीतमा पुष्प र जिसुको जोडी(भिडियोसहित)

काठमाडौं, ३१ साउन ।
गायिका शान्तीश्री परियार र यज्ञ वीकको स्वर रहेको लाजले छोपेको बोलको गीत सार्वजनिक भएको छ । 

राजु सुनामको शब्द तथा संगीत रहेको गीतमा कलाकार पुष्प खड्का र जिसु कोइरालाको अभिनय रहेको छ । 

मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायाँकन, प्रवीण भट्टको सम्पादन छ ।

गीतको भिडियोमा पुष्प र जिसुको जोडीलाई धेरैले रुचाएका छन् भने गीतमा प्रयोग गरिएको दोहोरो अर्थ लाग्ने  ‘हेर्ने हो र देखाइदिम’ शब्द प्रति कतिपय दर्शकस्रोताले आपत्ति जनाएका छन् ।