रचना, एलिना र समीक्षाको ‘लुम्ले काँडेमा’ सुधिर र करिश्मा

रचना, एलिना र समीक्षाको ‘लुम्ले काँडेमा’ सुधिर र करिश्मा

४ पुस, काठमाडौं । 
अहिलेको समयका चर्चित गायिकाद्वय रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीले एउटै गीतमा स्वर दिएका छन् ।

गायक कृष्ण केसीको  ‘लुम्ले काँडेमा’मा बोेलको गीत उनीहरुले स्वर दिएका हुन् । 

गायक केसीकै शब्द तथा संगीत रहेको यस गीत डान्सिङ शैैलीमा तयार पारिएकोे छ । यो गीतको भिडियोमा कृष्ण केसीकै कन्सेप्ट तथा निर्देशन छ । भिडियोमा मोेडलहरु सुधिर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको अभिनय हेर्न सकिन्छ ।

शुक्रबार सार्वजनिक गरिएको गीतमा मौसम हिमालीको कोेरियोग्राफी रहेकोे भिडियोेमा अनिल के मानन्धरकोे छायांकन, प्रविण भट्टकोे सम्पादन छ।