सुगमको ‘म यस्तो गीत गाउँछु’ मा राज र वर्षाको रोमान्स

सुगमको ‘म यस्तो गीत गाउँछु’ मा राज र वर्षाको रोमान्स

काठमाडौं, ११ भदौं ।
गायक तथा संगीतकार सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा रहेको  ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ ।

उदयराज पौडेलले एरेन्ज गरेको उक्त गीतमा सत्यराज चौलागाँइको शब्द, सरोज प्याकुरेलको संगीत रहेको छ ।

दुई प्रेमीबीचको प्रेम झल्किएको गीतको भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीको अभिनय रहेको छ । भिडियोमा वर्षा र राजलाई रोमान्टिक शैलीमा देखिएका छन् ।  

भिडियोमा अभिनय गरेका  द्वय राज र वर्षा केही महिनादेखि प्रेम सम्बन्धमा रहेका भनि चर्चा समेत चल्ने गरेको छ । 

अर्जुन जीसीले सम्पादन गरेको यो गीतको भिडियोेलाई रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । 

भिडियोमा सौरभ लामाकोे छायांकन रहेको छ भने निर्मल खत्री र दीपक सीकेले सहायक कोरियोेग्राफी गरेका छन् । 

https://www.youtube.com/watch?v=wIhThJQU3LQ