समीरले ल्याए ‘मै मरी जाउँ’

समीरले ल्याए ‘मै मरी जाउँ’

काठमाडौं, १५ भदौं । 
गायक समीर अधिकारीको स्वरमा रहेको  ‘मै मरी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । 

वसन्त विवस आचार्यको शब्द रहेको उक्त गीतमा गायक समीर आचार्यकै संगीत रहेको छ । 

गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाले अभिनय गरेका छन् । 

उक्त गीतको भिडियो शान थापाको निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको यस गीतमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यसअघि गायक समीर अधिकारीको  ‘दुनियाँ बेग्लै छ’, ‘पिच रोड’ लगायतका गीतबाट सफलता हात पाइसकेका छन् ।