निशान र रचनाको गीतमा मायाको कुरा गर्दै गरिमा र सुधिर

निशान र रचनाको गीतमा मायाको कुरा गर्दै गरिमा र सुधिर

काठमाडौं, १३ असोज । 
नेपाल आइडलपछि चर्चामा आएका गायक निशान भट्टराई र रचना रिमालको स्वरमा ‘माया गर्नलाई’ बोलको गीत सार्वजनिक भएको छ । 

रोमान्टिक शैलीको यो गीतमा मोडलद्धय सुधिर श्रेष्ठ र गरिमा शर्माले मुख्य भुमिकामा अभिनय गरेका छन्।

प्रदिप चापागाँइको शब्द रहको यो गीतमा दीपक शर्माले संगीत दिएका छन् । 

गीतको भिडियो  शान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिव समरको कोरियोग्राफी रहेका छ ।

गीत प्रदिप चापागाईको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=lLbnImbuaPE