अमनको ‘नक्कली’ मा मुन्नीको अभिनय

अमनको  ‘नक्कली’ मा मुन्नीको अभिनय

२१ माघ, काठमाण्डौं । 
युवा गायक अमन प्रधानको नयाँ साङ्गीतिक सौगात ‘नक्कली’ सार्वजनिक भएको छ । 

युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई लिएर प्रस्तुत गरिएको उक्त गीतमा अस्ट्रेलियामा रहेकी गायिका एवं गीतकार अबुन पाण्डेको शब्द रहेको छ । टीका दाहालको सङ्गीतबद्ध उक्त गीतमा  गायक प्रधानका बुबा राहुलले सङ्गीत संयोजन गरेका छन्। 

साङ्गीतिक सौगातमा गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय छ ।

प्रेम र मनोरञ्जनलाई आधार बनाएर प्रस्तुत गरिएको श्रव्य-दृश्यमा  बुद्ध थापाको छायाङ्कन, विकास धमलाको  सम्पादन र निकेश खड्कासको निर्देशन रहेको छ । 

गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत् यो नयाँ भिडियो सार्वजनिक भएको हो।