भारतीय गायक अनुग्रहको नेपाली गीत 'नशा' सार्वजनिक

भारतीय गायक अनुग्रहको नेपाली गीत 'नशा' सार्वजनिक

४ माघ, काठमाडौं।
भारतका प्रसिद्द गायक अनुग्रह बिष्टको स्वरमा सजिएको नेपाली गीत नशा सार्वजनिक भएको छ । 

अमेरिकाको ड्यालासमा छायांकन भएको उक्त नेपाली गीतमा शान भुसालको शब्द तथा संगीत रहेको छ । 

मुम्बईको बीबीजे स्टुडियोमा रेकर्डिंग गरिएको यस गीतको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ । 

लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियो निर्देशन बिकास बराइलीले गरेका हुन्। भिडियोमा छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गरेको हुन्।

भिडियोमा एक युवकको कारण पतिपत्निको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाइएको छ ।