लभ सर्कलको ‘ओ मैया’ सार्वजनिक

लभ सर्कलको ‘ओ मैया’ सार्वजनिक

काठमाडौं, २६ साउन। 
आगामी साउन २९ गतेबाट डिस होममा रिलिज हुने फिल्म ‘लभ सर्कल’को पहिलो गीत ‘ओ मैया’ सार्वजनिक भएको छ । 

गीतमा अंकितबाबु अधिकारी र विद्या तिवारीको स्वर, अंकित र अनवेष थुलुङ राईको शब्द तथा अंकितकै संगीत छ ।

गीतमा फिल्मका कलाकारहरु नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य र रिस्ता बस्नेत फिचर्ड छन् । पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीतमा दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

मि टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । वसन्त निरौला निर्देशित फिल्ममा रवीन्द्र झा र सुमन कोइरालाको पनि अभिनय छ ।

फिल्ममा अंकितबाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, विनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

डिस होम सिनेमा घर च्यानल नम्बर ५५५ बाट प्रदर्शन आउने फिल्म सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि फिल्म प्रदर्शन गरिने निर्माता अग्रवालले बताए ।

">http://