दुर्गेशको नयाँ गीत 'पैसा' को प्रसारण रोक्न माग, महिलालाई पैसासँग तुलनामा गरिएकोमा आपत्ति
१७ माघ, काठमाडौं ।
आफूलाई गायक नभई पर्फमर बताउने दुर्गेश थापाको नयाँ गीत फेरि विवादमा तानिएको छ ।
यसअघि पनि पटक पटक विवादमा तानिएका दुर्गेशको नयाँ गीतमा महिलालाई पैसासँग तुलना गरिएपछि गीतको आलोचना भएको हो ।
वैज्ञानिक समाजवादी महिला सङ्गठनले एक विज्ञप्ती जारी गर्दै गीत प्रसारण बन्द गर्न आग्रह गरेको छ । संगठनले विज्ञप्ति जारी गरी हालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो।
'कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो,' संयोजक धनकुमारी सुनारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
Facebook Comments