‘सम्झेर एक्लै’मा सलोन र वर्षाको रोमान्स

‘सम्झेर एक्लै’मा सलोन र वर्षाको रोमान्स

काठमाडौं, ५ भदौं । 
एसडी योगी र मेलिना मैनालीको स्वर रहेको गीत ‘सम्झेर एक्लै’ सार्वजनिक भएको छ ।  

एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द रहेको उक्त गीत रिकेश गुरुङले एरेन्ज गरेका हुन् । 

दुई प्रेमीबीचको मायाप्रेम प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउत फिचर्ड छन् ।  यि दुवै कलाकारले पहिलोपटक यो गीतमा सहकार्य गरेका हुन् । 

नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो विवेक रसाइलीको कन्सेप्ट र निर्देशन निर्माण भएको हो ।