लोकगायक विष्णु खत्रीको प्रश्न ‘सरकार के गरेर खाम ? लौन निधो पाम !’

लोकगायक विष्णु खत्रीको प्रश्न ‘सरकार के गरेर खाम ? लौन निधो पाम !’

२२ फागुन, काठमाडौं ।  
लोकगायक विष्णु खत्रीले  ‘सरकार के गरेर खाम ? लौन निधो पाम !’ बोलको गीत सार्वजनिक गरेका छन् ।  

लोकगायक विष्णु खत्री र गायिका सजना बास्तोलाद्वारा स्वरबद्ध गीतमा सामाजिक विषयवस्तु उठान गरिएको छ । 

बिनोद न्यौपाने र बिना सुन्दास अभिनित गीतको भिडियो शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट सुरु हुन्छ । सर्टिफिकेट राखे झिक्न पाइने सरकारी निर्णय सुनेर कर्जाका लागि बैंकमा पुगेका युवा युवतीलाई कर्मचारीले धितो र आयस्रोत नभई ऋण दिन नसिकने भन्दै रित्तो हात फर्काउँछन् । उल्टै सरकारसँग गएर ऋण माग्नु भनेर रुखो जवाफ लगाउदै रित्तो हात पठाउछन्।

गीतको म्यूजिक भिडियोमा समाजको वस्तुस्थिती झल्काउने र गीतबाट दिन खोजेको सन्देशलाई सरल तर कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । 

हेर्नुहोस् भिडियो