‘सरकारी अड्डा’ मा स्वस्तिमा र निश्चल

‘सरकारी अड्डा’ मा स्वस्तिमा र निश्चल

काठमाडौं, २० असोज ।
गायक पदम राई र गायिका रचना रिमालको स्वरमा रहेका  ‘सरकारी अड्डा’ बोलको गीत सार्वजनिक भएको छ । 

बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको उक्त गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् ।

उक्त गीत सार्वजनिक कार्यक्रममा नेकपा एमालेका नेता योगेश भट्टराई पनि उपस्थित थिए । नेता भट्टराईले कार्यक्रमलाई सम्वोधन गर्दै सन्देशमूलक गीत बनेको भन्दै सबैले सुन्नुपर्ने गीत बनेको बताए । गीतमा सैनिकको रुपमा फिचर्ड भएकी स्वस्तिमाको भूमिकाको खुलेर प्रशंसा गरे । निश्चल र स्वस्तिमालाई आफुले टिकटकमा समेत फलोे गरेको बताएका नेता भट्टराईले यो जोडीको वास्तविक जीवन पनि प्रेरणादायी रहेका बताए । 

अभिनेत्री खड्काले सेनाप्रति आफ्ना विशेष लगाव रहेको बताइन् । आफूले कक्षा ८ सम्म सैनिक स्कुलमै पढेको र बुवा पनि सेना भएकाले यस्तै गीतमा काम गर्न पाउँदा खुशि लाग्ने बताइन् ।

सोही गीतमा निश्चल सैनिकको भुमिकामा हुन्छन् तर एक दुर्घटनामा परेपछि उनी आफनो सपना पुरा गर्न असमर्थ हुन्छन् उनको सपनालाई पुरा गर्न स्वस्तिमाले आफनो पेशालाइ छोडेर निश्चलको सपना पुरा गर्छिन् ।