सगरमाथाको फेदीमा छायाङ्कन भएको म्युजिक भिडियोले बनायो विश्व रेकर्ड

सगरमाथाको फेदीमा छायाङ्कन भएको म्युजिक भिडियोले बनायो विश्व रेकर्ड

१४ माघ, काठमाडौं । 
सगरमाथाको फेदीमा छायाङ्कन भएको म्युजिक भिडियोले विश्व रेकर्ड कायम गरेको छ । 

पत्रकारिता र कलाकारितामा लागेका पाँच युवाले विश्वकै अग्लो स्थानमा ‘सुन्दर हिमाल’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुक अफ वल्ड रेकर्डसमा नाम दर्ता गरेका हुन् ।

पाँच हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे मा पुगेर छायाङ्कन गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएपछि यसअघि ‘हाइएष्ट अल्टिच्यूड म्युजिक भिडियो अन ल्याण्ड’ शीर्षकमा नेपाली यूवाहरुकै नाममा रहेको रेकर्ड तोडिएको छ ।

‘सुन्दर हिमाल’ बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे) ले लेखेको गीतमा डि.आर. अटुटको सङ्गीत र टेक नाछिरिङको स्वर छ । 

कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ (गजरकोटे) ले साथ दिएका हुन्। स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बरसि राई र किबोर्ड टेक नाछिरिङको रहेको छ । रेकडिष्टको भूमि शिखरजंग श्रेष्ठ (गजरकोटे) ले निर्वाह गरेका छन्  ।

म्यूजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे), मोडल तथा डान्सर सिर्जना किराँती, पत्रकार तथा गीतकार शिखरजंग श्रेष्ठ ९गजरकोटे० र पर्यटन व्यवसायी लक्ष्मण कार्कीलगायतले अभिनय गरेका छन्। 

गङ्गाराम राईको छायाङ्कन रहेको भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । गीत रेकर्डिङ र भिडियो छायाङ्कनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो । गीत र भिडियो केही दिनमै युट्युव च्यानलबाट सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।