प्रताप र अस्मिताको ‘तिमी हौ तिमी’ मा आर्यन र पूजाको जोडी
४ फागुन, काठमाडौं ।
गायक प्रताप दास र गायिका अस्मिता अधिकारी स्वर रहेका ‘तिमी हौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शिशिरजय खरेलको शब्द तथा संगीत रहेको छ ।
प्रेमी र प्रमिकाबीचको प्रेमभाव प्रस्तुत गरीएको यो गीतको भिडियोमा आर्यन सिग्देल र पूजा शर्माले अभिनय गरेका छन् ।
विषम आचार्यले एरेन्ज गरेको यस गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् भने भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।
हेर्नुहोस् भिडियो...
Facebook Comments