मेलिना र निराजनको 'तिमी मनमा बसेछौ' सार्वजनिक (भिडियोसहित)

मेलिना र निराजनको 'तिमी मनमा बसेछौ' सार्वजनिक (भिडियोसहित)

२१ फागुन, काठमाडौं । 
गायिका मेलिना राई र गायक निराजन राईको स्वर रहेको ‘तिमी मनमा बसेछौ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । 

निराजन राईको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। 

भिडियोमा अशु न्यौपाने र गगन शाहीको अभिनय देख्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोको छायांकन बुटवल, लुम्बिनी, भैरहवा लगायतका स्थानहरुमा गरिएको हो ।

चानस पुन मगरले  निर्देशन गरेका भिडियोमा अनिश स्याङ्देनको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । 

भिडियो ‘प्यासिफिक प्रोडक्शन्स’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।